नेकपा माओवादीले काबुलमा मारिएकाको सम्झनामा श्रद्धान्जली सभा गर्दै

नेकपा माओवादीले काबुलमा मारिएकाको सम्झनामा श्रद्धान्जली सभा गर्दै

गतल नीतिको कारण नेपालीको ज्यान गएको भन्दै सरकारको बिरोध

  • मङ्लबार, असार ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ ,७ असार ।

अफगानस्तानको काबुलमा मारिएका नेपालीको सम्झनामा आज राजधानीमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ ।

नेकपा माओवादीले आत्माघाती आक्रमणमा परि मारिएका १२ नेपाली र २ नेपाली मुलका भारतीय नागरिककोे सम्झनामा राजधानीको शान्तिबाटिकामा श्रद्धान्जलि कार्यक्रमको आयोजना गरेको हो ।

साथै सरकारको गतल नीतिका कारण काबुलमा रहेका नेपालीकोे अनाहकमा मृत्यु भएको भन्दै माओवादीले बिरोध प्रदर्शन पनि गर्दै छ ।

नेकपा माओवादी उपत्यका ब्यूरो तथा राष्ट्रिय युवा जनस्वयम सेवकले आज दिउसो साढे दुई बजे श्रद्धान्जली कार्यक्रम गर्ने र अपरान्ह ३ बजे शान्तिबाटिकाबाट विरोध जुलुस निकाल्ने तयारी गरेको छ ।

विष्फोटमा मारिएका नेपालीहरुको सम्झना तथा यो घटना सरकारको गलत नीतिका कारण भएको हो भन्दै त्यसको विरोधमा कार्यक्रम गर्न लागेको माओवादीले जनाएको छ ।

शान्तिबाटिकामा निस्कीएको र्याली परराष्ट्रमन्त्रालय पुगि सरकारको नीतिको बिरोध गर्दै ज्ञापन पत्र बुझाउने पनि जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी