काठमाडौं, ६ असार ।
भूमिसुधार तथा ब्यवस्था मन्त्री रामकुमार सुब्बाले राजसस्था पुर्नस्थापनाका लागी आफू मन्त्री पद त्याग्न तयार रहेको बताउनु भएको छ । मन्त्री पद भन्दा राजसस्था आफ्नालागी ठुलो भएको भन्दै मन्त्री सुब्बाले राष्ट्रिय एकताका लागि राजसस्था अपरिहार्य रहेको बताउनु भयो ।
रिपोर्टस क्लबमा आज आयोजीत कार्यक्रममा बोल्दै उहाले प्रधानमन्त्री लगायतका निकायबाट आफ्नो विचार कुण्ठित गर्ने काम भए मन्त्रीपद त्याग्न तयार रहेको धारणा राख्नुभयो ।
मन्त्री सुब्बाले गणतान्त्रिक संविधानको सपथ खाएर मन्त्री भएकोले यस्तो विचार राख्दा प्रश्न उठ्नु स्वभाविक भएपनि संविधान निर्माणमै आफूहरुले यो विषयमा फरक मत राखेको र संविधानले नै विचारको स्वतन्त्रता दिएकोले आफू यस्तो अभिब्यक्ति दिन स्वतन्त्र रहेको दावी गर्नुभयो । राष्ट्रिय एकताकोलागि सर्वस्वीकार्य नेतृत्वको रुपमा राजसस्था अपरिहार्य रहेको उहाँको तर्क छ ।
यस्तै ,मन्त्री सुब्बाले तीन वर्ष्भित्र सुकुम्बासी मुक्त मुलुक बनाउने कार्ययोजना सुरु भइसकेको जानकारी दिँदै त्यसपछि ऐलानी, सरकारी, गुठि लगायतका जग्गाको संरक्षण गर्न अलग्गै विभाग गठन गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।
उहाँले आगामि आर्थिक वर्षमा कैलाली, दार्चुला, हुम्ला, सुर्खेत, जाजरकोट र डोटीबाट हलियाप्रथाको पूर्ण मुक्त गरिने योजना सुनाउँदै दुई वर्ष्भित्र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट कमैयामुक्त गर्ने बताउनुभयो ।
झापा, मोरङ, सिराहा र पर्सामा सीमा ब्यवस्थित गर्ने काम भईरहेको र मंगलबारबाट यस विषयमा अन्तर्रा्ष्ट्रिय गोष्ठि सुरु हुने जानकारी दिँदै भूमि समस्या समाधानकोलागि असार २२ गतेबाट विज्ञहरुसँग बृहद अन्र्त्क्रिया गर्ने तयारीमा मन्त्रालय रहेको उहाँले जानकारी दिनुभयो