काठमान्डौ असार ६ ।
धादिङको धनुषा गाविस वडा नम्बर १ चरौंदीस्थित पृथ्वीराजमार्गमा यात्रुवाहक रात्री बस पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि ज्यान मृत्युहुनेहरुमा बसका चालक र एक यात्रु रहेका छन्। ६० वर्षीय भारतीय नागरिक रत्नलालको घटनास्थलमा र चालक ४५ वर्षीय कृष्णलालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जनकपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख २०८१ नम्बरको बस आज बिहान ६ बजे तिर पृथ्वी राजमार्गको चरौँदीमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ।
बस चिरौंदी खोलाको पुलको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।
राति देखिनै सिमसिम पानी परिरहेकाले सडक चिप्लो भएर बस अनियन्त्रित हुन पुगेको हुन सक्ने जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए।
अन्य एक सख्त घाइतेको मलेखु अस्पतालमा उपचार भइरहेको छ । बसका अन्य यात्रु भने सकुशल रहेका छन ।