सुनुवाई समितिको बैठक सन्चालन कार्यविधि निर्माणका लागि तीन सदस्यीय कार्यदल गठन

सुनुवाई समितिको बैठक सन्चालन कार्यविधि निर्माणका लागि तीन सदस्यीय कार्यदल गठन

  • सोमवार, असार ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ ६ असार ।  

संसदीय सुनुवाई विषेश समितिले बैठक सन्चालन कार्यविधि निर्माणका लागि कार्यदल गठन गरेको छ । समितिको आज बिहान बसेको पहिलो बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा प्रमुख प्रतिपक्षी दल आनन्दप्रसाद डुङ्गाना, सत्तारु एमालेबाट गणेसमान गुरुङ र नेकपा माओवादी केन्द्रबाट अनिता परियार सदस्य रहेका छन् ।

संसदका जेष्ठ सदस्य कूलबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले समिति सभापति निर्वाचनको मिति निर्धारण गर्न लागि सभामुख ओनसरी घर्तीलाई आग्रह समेत गरेको छ ।

सभापतिमा सर्वसहमतिको सँभावना रहेपनि नियमावली अनुसार सभापति चयनको प्रक्रियाका लागि सभामुखलाई आग्रह गरेको समिति सदस्य भानुभक्त ढाकालले बताउनु भयो ।

कार्यदलको प्रतिवेदन पारित भए लगत्तै सुनुवाईको कार्य पनि अघि बढाउने ढाकालले बताउनु भयो । संसद सन्चालन सम्बन्धी नियमावली संसदको बहुमतले हिजो पारित गरेसँगै सात महिनादेखि अड्किएको संसदीय सुनुवाई प्रक्रिया अघि बढ्ने भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ