युरोकप फुटबलमा आज समुह बी को अन्तिम खेल हुदै, स्लोभाकिया र रसिया दवावमा

युरोकप फुटबलमा आज समुह बी को अन्तिम खेल हुदै, स्लोभाकिया र रसिया दवावमा

  • सोमवार, असार ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ ६ असार । 

फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिता अन्तरगत आज राति दुई खेल हुदैछन् । समुह बी अन्तरगत अन्तिम खेलमा आज रसिया र वेल्स तथा स्लोभाकिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुनेछ । एक बराबरी र एक जीतका साथ समुहको शीर्ष स्थानमा रहेको इंग्ल्याण्ड अघिल्लो चरण नजिक छ ।

स्लोभाकिया विरुद्धको खेलमा बराबरी मात्र गरेपनि इग्ल्याण्ड प्रतियोगिताको अन्तिम १६ मा पुग्नेछ । तीन अंक जोडेको स्लोभाकियालाई भने अन्तिम १६ मा पुग्न आजको खेल जित्नैपर्ने दवाव छ ।

यस्तै समुह बी मै रहेको अर्को टोली रसिया पनि दवावमा रहेको छ । अन्तिम १६ मा स्थान पक्का गर्न उसले आज वेल्सलाई पराजित गर्नै पर्ने हुन्छ ।

तर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको वेल्सलाई पराजित गर्नु रसियाका लागि त्यति सहज भने देखिदैन । सहज अवस्थामा रहेको वेल्सले आज बराबरी मात्रै गरेपनि अन्तिम १६ मा ठाउ बनाउनेछ ।

प्रतियोगिता अन्तरगत गएराति सम्पन्न खेलमा अल्बानियाले रोनामानियालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।

लियोनमा भएको खेलमा अल्बानियाका लागि अर्मान्डो साडिकुले खेलको ४३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जीतसँगै युरोकपमा पहिलो जित दर्ता गरेको अल्बानियाले उत्कृष्ट तेस्रोमा पर्ने चार टिम अन्तर्गत परेर अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ । समूह ए बाट फ्रान्स विजेता तथा स्वीट्जरल्याण्ड उविजेता बन्दै अन्तिम १६ मा पुगिसकेका छन् ।

समुह ए अन्तरगत नै गएराति सम्पन्न अर्को खेलमा फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको स्वीट्जरल्याण्ड समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । अघिल्ला दुई खेल जितेको फ्रान्स भने समूह विजेता बनेको छ ।

समूहका तीन खेल सकिँदा फ्रान्सको सात तथा स्वीट्जरल्याण्डको पाँच अंक भएको छ । फ्रान्सले अब समूह सी, डी वा इ को तेस्रो स्थानमा रहेको टिमसँग खेल्ने छ । यस्तै स्वीट्जरल्याण्डले समूह सीको दोस्रो स्थानको टिमसँग खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी