पक्राउ परेका ३६ नक्कली डाक्टरलाई अदालतमा पेश

पक्राउ परेका ३६ नक्कली डाक्टरलाई अदालतमा पेश

  • आइतवार, असार ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमान्डौ,असार ५।
नक्कली प्रमाणपत्र पेश गरेर उपचारमा संलग्न रहेका ३६ जना नक्कली डाक्टरलाई प्रहरी काठमाडौं जिल्ला अदालत लगेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले न्यायीक हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौं लगेको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले बताउनु भयो ।

काठमाडौंबाट समातिएका १५, पोखरा, चितवन, ललितपुर, विराटनगर लगायतका ठाउँबाट पक्राउ गरिएका डाक्टरहरु गरेर ३६ जनालाई अदालतमा उपस्थित गराएको हो।

पक्राउ परेका डाक्टरहरूले एमबिबिएस अध्ययनको लागि नक्कली प्रमाणपत्र पेश गरेको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले बताउनु भयो ।

पक्राउ पर्ने ३६ मध्ये ३० जना पुरुष र ६ जना महिला नक्कली डाक्टर छन्। पक्राउ परेका डाक्टरको नक्कली सर्टि्फिकेट हो भन्ने प्रशस्तै आधार प्राप्त भएकोले सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको डिआइजी सिलवालले जानकारी दिनु भयो ।

नेपाल चिकित्सक संघले डाक्टर पक्राउ परेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। उसले छानविन गर्ने विभिन्न निकाय हुँदाहुँदै कार्यक्षेत्रबाट गिरफ्तार गरेर प्रहरीले चिकित्सा पेशाको अपमान गरेको दाबी गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ