काठमाडौ ५ असार ।
प्रहरीले सप्तरीको मानराजबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोहनपुर–६ का १७ वर्षीय शम्भु साह रहेका छन् ।
साहको साथबाट ४८ पिस कोरेक्स, २० बटा नाइट्रोजन र एक सय २६ पाता स्पास्मो प्रोसिभोन प्लस बरामद गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनु भयो ।
साह भारतीय बजारबाट स ६ प ४६६२ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा जाँचगर्ने क्रममा लागुऔषध फेला परेको हो ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline