काठमाडौ ५ असार ।
भेनेजुएलालाई पारजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।
आज बिहान मासाचुसेस्टमा भएको खेलमा भेनेजुएलालाई ४–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाएको हो ।
अर्जेन्टिनाका लागि गोन्जालो हेगुइनले दुई तथा लियोनल मेस्सी र एरिक लामेलाले एक एक गोल गरे । यस्तै भेनेजुएलाका सालोमोन रोनडनले एक गोल फर्काए ।
अर्जेन्टिना समूह चरणका सबै खेलमा जीत हात पार्दै समूह डीको विजेता बन्दै अन्तिम ८ मा आएको हो । भेनेजुएला भने समूह सीको उपविजेता बनेर क्वाटरफाइलन पुगेको थियो ।
अर्जेन्टिनाले सेमिफाइनलमा आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । अमेरिका यसअघि नै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा अहिले कोपा चिली मेक्सिकोबीच प्रतिस्पर्धा भइरहेको छ । क्यालिफोर्नियामा जारी खेलेको विजेता टोलीले फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्ने छ ।