काठमाडौ ५ असार ।
विषक्त मदिरा सेवनका कारण महोत्तरीमा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस–६ का ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र ज्वाइ पञ्च मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गएराति स्थानीय भट्टी पसलमा मदिरा सेवन गरेका उनीहरु बिहान नउठेपछि परिवारका सदस्यले हेर्दा तीनै जना मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनु भयो ।
उनीहरुसँगै मदिरा सेवन गरेका औरही–३ का बद्री मल्लिक पनि बिरामी भएपछि उनको स्थानीय प्राथमिक स्वास्थय केन्द्रमा उपचार भइरहेको छ ।
भट्टी सन्चालक विनोद महरा फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ । प्रहरीले सो भट्टीमा रहेको मदिरालाई समेत नियन्त्रण लिइ
अनुसन्धान सुरु गरेको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline