काठमाडौ ५ असार ।
नेपाली कामदारका लागि आकर्षक गन्तव्यको रुपमा रहेको दक्षिण कोरिया जानका लागि लिइने इपिएस भाषा परीक्षा आजबाट सुरु भएको छ ।
आज र भोली दुई दिन हुने परीक्षाका लागि उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा बिहान साँढे ८ बजेबाट सुरु भएको छ ।
यसवर्षको परीक्षामा ५२ हजार दुई सय पुरुष र ८ हजार चार सय ४ महिला गरी कुल ६० हजार ६ सय २६ जना सहभागी हुने इपिएस शाखाले जनाएको छ ।
दक्षिण कोरियाले यस वर्ष तीन हजार एक सय नेपाली कामदार लैजाने बताएको छ । ती मध्ये दुई हजार एक सय कृषि र बाँकी एक हजारलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरिनेछ ।
यस वर्ष भाषा परीक्षा पास गर्ने हरुलाई सन् २०१७ देखि दक्षिण कोरिया लैजाने प्रक्रिया सुरु गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline