कोलम्बिया कोपा अमेरिकी फुटबलको सेमिफाइनल प्रवेश

कोलम्बिया कोपा अमेरिकी फुटबलको सेमिफाइनल प्रवेश

  • शनिबार, असार ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ ५ असार ।

पेरुलाई पराजित गर्दै कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिकी फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

आज बिहान भएको खेलमा पेनाल्टी सुट आउटमा पेरुलाई ४–२ गोल अन्तरले पराजित गर्दै कोलम्बियाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिएको थियो ।

पेनाल्टी सुटआउटमा पेरुका दुई खेलाडी गोल गर्नबाट चुकेपछि कोलम्बिया ४–२ ले विजयी बन्यो । फाइनल प्रवेशका लागि अब कोलम्बियाले चिली र मेक्सिकोबीचको बिजेतासँग खेल्नेछ ।

यसअघि नै सेमिफाइनल पुगेको अमेरिकाले भने अर्जेन्टिना र भेनेजुएलाबीचको विजेता टोलीसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी