भारतीय तीर्थयात्रुको अवरोधका कारण सुर्खेत विमानस्थल साँढे दुई घण्टा अवरुद्ध

भारतीय तीर्थयात्रुको अवरोधका कारण सुर्खेत विमानस्थल साँढे दुई घण्टा अवरुद्ध

  • शुक्रबार, असार ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ ३ असार ।

कैलाश मानासरोवर तीर्थयात्राबाट फर्केका भारतीय तीर्थयात्रीले रनवेमा अवरोध पुर्याउँदा सुर्खेत विमानस्थल आज साढे दुई घण्टा ठप्प भएको छ ।

हुम्लाबाट नेपालगञ्ज विमानस्थलको बोडिङ पास दिएर सुर्खेतमा झारिएको भन्दै मानासरोवरबाट फर्किएका भारतीय तीर्थालुले रनवेमै सुतेर अवरोध गरेपछि हुम्ला जाने र त्यहाँबाट आउने छ वटा उडान प्रभावित भएको हो ।

रनवेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गर्नु परेको थियो । सो क्रममा एक महिला प्रहरीसहित दुई तीर्थालु घाइते भएको बताइएको छ ।

आज विहान हुम्लाको सिमीकोटबाट नेपालगञ्जका लागि भारतीय तीर्थयात्रु बोकेर उडेको गोमा एयरका दुई जहाज सुर्खेतमै रोकिएपछि विवाद सुरु भएको थियो ।

भारतीय तीर्थयात्रुका अनुसार गोमा एयरले सिमीकोट विमानस्थलमा नेपालगञ्जसम्म पुर्याउने भन्दै बोडिङ पास दिएको थियो । तर नेपालगञ्जको सट्टा सुर्खेतमा ल्याएर छोडेको भन्दै आफूहरु आन्दोलित भएको उनीहरुको भनाई छ ।

नागरिक उड्डयन प्राधिकरण सुर्खेत शाखाका निमित्त निर्देशक छवीसिंह ठकुल्लाले एजेण्ट र एयरलाइन्सको कमजोरीले विमानस्थल अवरुद्ध हुन पुगेको बताउनु भयो ।

तीर्थयात्रुहरु रनवेमै सुतेर उडान अवरुद्ध भएपछि बल प्रयोग गर्नु परेको ठकुल्लाले बताउनु भयो । अवरोधका कारण नेपालगञ्जबाट सुर्खेत हुँदै मानासरोवर हिँडेका ६५ जना तीर्थयात्री समेत अलपत्र परेका छन्  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ