काठमाडौ ३ असार ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले नेतृत्वको सरकारले संविधान कार्यान्वयनमा तदारुकता नदेखाएको आरोप लगाउनु भएको छ ।
प्रेस युनियन बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले वर्तमान सरकारले संविधान कार्यान्वयनको झुटो आश्वासन र उखान टुक्कामा मात्र जोड दिएको जिकीर गर्नुभयो ।
सभापति देउवाले आफुले कसैविरुद्व पनि सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी नदिएको प्राष्ट पार्नुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध उजुरी दिएको भन्ने चर्चा चलिरहेको बेला देउवाले यस्तो बताउनु भएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले आफुले कसैविरुद्ध पनि उजुरी नदिएको बरु माओवादीले आफुविरुद्ध उजुरी दिएको दाबी गनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline