काठमाडौं, असार ३ ।
काठमाडौंको गोंगबुस्थित सडकमा आज बिहानै एक शव भेटिएको छ । अन्दाजी ४५ वर्षीय कास्की स्थायी घर भएका सुकुमान गुरुङको शव शङ्कास्पद रुपमा भेटिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।
गुरुङको मृत्यु के कारणले भएको भन्ने बारे यकिन हुन नसकेको प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले बताउनु भयो ।
गुरुङको शव परीक्षणका लागि महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा लगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline