नवलपरासीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

  • शुक्रबार, असार ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ ३ असार ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको नयाँ बेलहानीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ४४०३ नम्बरको ट्रक रोकिराखेको ना ६ ख २१९१ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारत बहराईच घर भएका ३५ वर्षीय कुर्दुस कोरेसी रहेको प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक हरी बहादुर सेनले जानकारी दिनुभयो । उनको ट्रकले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवै ट्रकका चालकलाई नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक सेनले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ