एजेन्सी असार ३।
अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा आज बाट क्वाटर फाइनलको खेल सुरु भएको छ ।
४५ औ संस्करण अन्तरगतको कोपा अमेरिका फुटबलको क्वाटर फाइनलको पहिलो खेलमा अमेरिकाले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
वासिन्टन स्थित सेन्चुरि लिङक स्टेडियमा भएको खेलमा अमेरिका २–१ गोल अन्तरले विजयी भएको हो । यस सँगै अमेरिका खेलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाका लागि खेलको २२ औ मिनेटमा क्लिन्ट डेम्सेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ६५ औ मिनेटमा ग्यासी जारडेसले गोल गर्दै अमेरिकालाई २–०को अग्रता दिलाए ।
इक्वेडरका लागि खेलको ७४ मिनेटमा अरोयोले गोल गरेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline