पेशागत महासंघको महाधिवेशन आज देखि

पेशागत महासंघको महाधिवेशन आज देखि

  • शुक्रबार, असार ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, असार ३।

पेशागत महासंघको छैटौं राष्ट्रिय महाधिवेशन आज देखि राजधानीमा सुरु हुदै छ ।

स्वाधिन अर्थतन्त्र समृद्धि जीवनका लागि गुणास्तर सेवा र जिम्मेवारी ट्रेड युनियन भन्ने मुल नाराका साथ महाधिवेशन सुरु हुन लागेको हो ।

तीन दिनसम्म चल्ने उक्त महाधिवेशनको मध्यान्ह १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनको उद्घाटन अघि भृकृटि मण्डपबाट र्याली निकाल्ने तयारी भएकोे महासंघका महासचिव शिव कुमार अधिकारीले जानकारी दिनु भयो ।

महाधिवेशन व्यवस्थित बनाउन महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलको संयोजकत्वमा ९१ सदस्यीय व्यवस्थापन समिति र विभिन्न १४ ओटा उपसमितिहरु गठन गरिएको छ ।

महाधिवेशनमा महासंघमा आवद्ध २५ राष्ट्रिय घटकहरु, ४७ ओटा प्रतिष्ठान स्तरका ट्रेड युनियन र महासंघका ७५ जिल्लाबाट आठ सयभन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकहरुले भाग लिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ