एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि

एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि

  • शुक्रबार, असार ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ३ असार । 
परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीका लागि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षामा कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि कार्यालयले पूरक परीक्षाको भने व्यवस्था गरेको हो ।
परीक्षा नियन्त्रक काप्रीले दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ गरी कुल एक लाख ४७ हजार ५८३ जना रहेको बताउनुभयो ।

परीक्षा साउन १४ गतेदेखि २१ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । परीक्षा तालिका यसप्रकार रहेको छ ।

साउन १४ गते शुक्रबार – अनिवार्य अङ्ग्रेजी

वेदविद्याश्रमतर्फ ः अनिवार्य संस्कृत भाषा र साहित्य÷अनिवार्य अङ्ग्रेजी
साउन १५ गते शनिबार – अनिवार्य नेपाली
गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी ९भ्भिअतष्खभ भ्लनष्किज०
साउन १६ गते आइतबार –अनिवार्य गणित
साउन १७ गते सोमबार – अनिवार्य बिज्ञान

वेदविद्याश्रमतर्फ ः अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद

साउन १८ गते मङ्गलबार – अनिवार्य सामाजिक अध्ययन
साउन १९ गते बुधबार – अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा
वेदविद्याश्रमतर्फ ः अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष
संस्कृततर्फ ः अनिवार्य संस्कृत भाषा
साउन २० गते बिहीबार – ऐच्छिक प्रथमपत्रका सबै विषयहरु
साउन २१ गते शुक्रबार – ऐच्छिक द्वितीयपत्रका सबै विषयहरु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी