काटमाण्डौ, २ असार ।
युरोप भ्रमणका क्रममा इटाली पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र त्यहाँका न्याय राज्यमन्त्री कासिमो फेरीवीच भेटवार्ता भएको छ ।
इटालीको रोमस्थित न्याय मन्त्रालयमा भएको भेटमा न्याय राज्य मन्त्री फेरीले नेपाल भ्रष्टाचार विरुद्धको अन्र्तराष्टिय महासन्धिको पक्ष राष्ट भएकोमा प्रसंशा गर्नुभएको थियो ।
मन्त्री फेरीले नेपालमा भ्रष्टाचार निवारणमा आयोगले खेलेको भुमिका सकरात्मक रहेको वताउनुभयो ।
भेटका क्रममा आयोगका प्रमुख आयुक्त कार्कीले वैदेशिक लगानीकर्ताहरुका लागि नेपालको उर्जा, पर्यटन, दुरसञ्चार लगायत क्षेत्रमा सुनौलो गन्तव्य रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।
उहाँले लगानीको सुरक्षा गर्न आयोगले नेपाल सरकारसँग सहकार्य गरी सकारात्मक भुमिका निर्वाह गर्ने वताउनुभयो । कार्कीले कुनै पनि मुलुकको समृद्धि र विकासको मुख्य बाधक भ्रष्टाचार भएकाले यसका विरुद्ध राष्टिय र अन्तर्रा्ष्टिय तहबाटै एकजुट भएर लड्नुपर्ने कार्किको भनाई छ ।
भेटका अवसरमा इटलीका लागि नेपाली अवैतनिक दुत पाउलो नुगरी, जेनेभास्थित नेपाली दुतावासका द्धितीय सचिव रञ्जिता दाहाल लगायतको उपस्थिति थियो ।