उपराष्ट्रपति पुन चीनको सात दिवशीय भ्रमण पूरा गरी स्वदेश फिर्ता 

उपराष्ट्रपति पुन चीनको सात दिवशीय भ्रमण पूरा गरी स्वदेश फिर्ता 

  • बिहिबार, असार २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

 काठमाण्डौ, २ असार । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको सात दिवशीय भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ ।

युनान प्रान्तको राजधानी कुनमिङमा आयोजित चौथो चीन–दक्षिण एसिया मेला र २४औँ चीन कुनमिङ आयात निर्यात व्यापार मेलामा भाग लिएर उहाँ स्वदेश फर्कनुभएको हो ।

उपराष्ट्रपतिलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभयो । उपराष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा उपप्रधानमन्त्री एवम् उपराष्ट्रपति कमल थापा, सूचना तथा सञ्चार मन्त्री शेरधन राई र गृहमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी, उपराष्ट्रपतिको स्वागत गर्न मुख्य सचिव सोमलाल सुवेदी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उपस्थित हुनुहुन्थ्यो ।

उपराष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ