काठमान्डौं ,२ असार ।
साताब्यापी लामो चीन भ्रमण सकेर उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आज स्वदेश फर्कदै हुनुहुन्छ ।
उपराष्टपति पुन चीनको औपचारिक निमन्त्रणामा गत जेठ २८ मा त्यसतर्फ प्रस्थान गर्नु भएको थियो ।
चीन भ्रमणका क्रममा उपराष्ट्रपति पुनले चीनको दक्षिण एशिया एक्स्पो, २४ औँ चीन कुन्मिङ आयात निर्यात व्यापार मेला, ११ औँ चीन दक्षिण एशिया बिजनेश फोरमलाई सम्बोधन गर्नु भएको थियो ।
यस्तै उपराष्ट्रपति पुनले चीनका उपप्रधानमन्त्री वाङ याङ र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नु भएको थियो ।
भेटवार्ताका क्रममा उपराष्ट्रपति पुनले राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङलाई पठाएको निमन्त्रणा पत्र चीनका उपप्रधानमन्त्री मार्फत हस्तान्तरण गरेका गर्नु भएको थियो ।
उपराष्ट्रपति पुन दिउसो ३ बजे स्वदेश आइपुग्ने कार्यक्रम रहेको जनाइएको छ