रौतहट ,२ असार ।
रौतहटको चन्द्रनिगाहापुर ४ मा अज्ञात रोग देखा परेको छ । चन्द्रनिगाहापुर ४ गैडाटारको चुहान टोलमा देखिएको अज्ञात रोगका कारण गाउँ नै प्रभावित भएको स्थानियले बताएका छन् ।
एक सातादेखि गाउलेहरुमा अचानक वान्ता हुने ,खान मन नलाग्ने ,ज्वरो आउने, टाईफाईट हुने जस्ता लक्षण देखिएको स्थानीय मोहनलाल गौतमले बताउनु भयो ।
करिव एक हजार बढी घर परिवार रहेको चुहान टोलमा प्राय सबै परिवारमा बिरामि भएको बताईएको छ । बालबालिका देखि बृद्धबृद्धासम्मलाई उत्त लक्षण देखिएको छ ।
एउटा घरमा दुई देखि तिन जना सम्म बिरामि पर्ने गरेको गौतमको भनाई छ । चन्द्रनिगापुमै मेडिकल सन्चालन गरेको बस्नुभएका मधुसुधन सत्यालका अनुसार उपचारका लागी आउने बिरामिमा टाईफाई ,भाईरल ईन्फेक्सन ,जण्डीस लगायतको समस्या भेटिएको छ ।
देनिक आफ्नो मेडिकलमा मात्रै करिब ५० जनाको हाराहारीमा उपचारका लागी बिरामि आउने गरेको भन्दै उहाले सुबिधासम्पन्न अस्पताल नहुनु तथा अत्याधुनिक उपकरण नभएकाले सबै टेष्ट गरेर रोगको पहिचान गर्न समस्या भएको बताउनु भयो । उपचारका लागी आएकाहरु अधिकाशं ठिक हुने गरेपनि अहिले सरुवा रोग जस्तै गरेर फैलीएको भन्दै उहाले यसको तत्काल नियन्त्रण नगरे महामारीको रुप नै लिन सक्ने बताउनु भयो ।
बिशेष गरेर गर्मि याम सुरु भएपछि सो क्षेत्रमा बिभिन्न खालका संक्रमण फैलने गरेको भन्दै उहाले रोगको पहिचान गरे नियन्त्रणमा लिन सहज हुने बताउनु भयो ।
सोहि क्षेत्रमा अघिल्लो सालपनि फोहरपानीका कारण झाडापखालाको प्रकोप फैलदा दुई सय बढी बिरामि परेका थिए । त्यसलगत्तै अहिले खानेपानीको ट्याङकी नै राखेर ब्यवस्थीत बनाईएको छ ।
चन्द्रनिगाहापुरमा रहेका जनता सामुदायी हस्पिटल, चन्द्रनिगाहापुर प्राईवेट अस्पिताल र चन्द्र निगाहापुर हेल्थ पोष्टमा पनि उपचारका लागी जाने बिरामीको सङख्या उत्तिकै रहेको सत्यालको भनाई छ।
यस्तै सो क्षेत्रमा रहेका अन्य दर्जनौ मेडिकलहरुमा पनि सोहि लक्षणको बिरामिहरु बढेको बताईएको छ ।
यता ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले भने अहिलेसम्म कुनै जानकारी नआएको जनाएको । अघिल्लो बर्ष पनि सोहि गाउमा झाडापखालाको प्रकोप फैलिएको र नियन्त्रणमा लिएपछि सचेतनामुलक अभियाननै चलाईएको जानकारी दिदै महाशाखाले अहिले भने त्यस्तो कुनै जानकारी नआएको जनाएको छ ।