सिन्धुली, २ असार ।
ट्राफिक प्रहरीले सिन्धुलीको वीपी राजमार्गमा हुने सडक दुर्घटना न्युनीकरण गर्न टाईम कार्ड प्रणाली लागु गरेको छ ।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक ईश्वरी चापागाईं र जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशंकर पंजियारले सवारी चालकहरुलाई टाईम कार्ड प्रदान गरी सेवाको सुरुवात गर्नुभयो ।
टाईम कार्ड प्रणालीअनुसार सिन्धुलीको भिमानदेखि नेपालथोकसम्मको ९५ किलोमिटर सडक यात्रा अबधिका लागि लागु हुने जनाइएको छ ।
वीपी राजमार्गमा सवारी चाप बढेपछि दैनिक दुर्घटना हुने गरेका छ । टाईम कार्डले सडक दुर्घटनामा कमी आउने विश्वास ट्राफिक प्रहरीको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline