एनसेल टावरहरुमा तोडफोड गर्नेलाई कारबाही गर्न मानव अधिकार आयोगको आग्रह

एनसेल टावरहरुमा तोडफोड गर्नेलाई कारबाही गर्न मानव अधिकार आयोगको आग्रह

  • बुधबार, असार १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ, १ असार ।

राष्ट्रिय मानव अधिकार आयोगले संचार सेवा प्रदायक संस्था एनसेल टावरहरुमा आगजनी र तोडफोड गर्नेलाई कानुनको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगले पीडित पक्षलाई क्षतिपूर्ति प्रदान गर्न पनि भनेको छ ।

आयोगकी प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति निकालेर एनसेल टावरहरुमा भएको आगजनी तथा तोडफोडको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउन तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति प्रदान गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

यसैगरी आयोगले गत जेठ ७ गते ललितपुरको होगल इलाछे मंगलबजारस्थित एक पसलमा ग्यास सिलिण्डर पड्केर तीन जना व्यक्तिको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरको छ ।

घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आजै उक्त घटनाको सम्बन्धमा स्थानीय प्रशासन तथा नेपाल गुणस्तर तथा नापतौल विभागमा पत्राचार समेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ