काठमाण्डौ ,१ असार ।
सत्तारुढ दल र प्रतिपक्षीबीचको बिबादका कारण आज पनि संसदको कार्यसञ्चालन नियमावली मस्यौदामा संसदमा पेश हुन सकेन ।
नियमावलीमा संसदीय सुनुवाइ समितिको विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीच सदस्य संख्याको विषयमा कुरा मिल्न नसकेपछि आजको बैठकमा पेश नभएको हो ।
सहमतीका लागी प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलका आधारमा सभामुख ओनसरी घर्तीमगरले नियमावली मस्यौदा निर्णय प्रक्रियामा आजको बैठकमा प्रस्तुत नगर्ने जानकारी गराउनु भएको कांग्रेस नेता विमलेन्द्र निधिले बताउनु भयो ।
नियमावलीमा सहमति खोज्न देउवाले कांग्रेसका कृष्णप्रसाद सिटौला, राधेश्याम अधिकारी र प्रकाशशरण महतलाई खटाएका छन् भने एमाले र एमाओवादीबाट पनि प्रतिनिधि खटिएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline