बोलिभियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

बोलिभियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

  • बुधबार, असार १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी,असार १

कोपा अमेरिक फुटबल प्रतियोगिताको आज बिहान  सम्पन्न समुहको अन्तिम खेलमा बोलिभियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको छ ।

बाशिङटनस्थित सेल्न्चुरीलिंक फिममा भएको खेलमा अर्जेन्टिनाका लागि कोस्टा, लमेला र लाभाजीले एक एक गोल गरे । दोस्रो हाफको सुरुमा मै हिगुइनको स्थानमा मेस्सी मैदान प्रवेश गरेपनि गोल भने गर्न सकेन ।

यो सँगै कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । गत संस्करणको उपविजेता अर्जेन्टिनाले अब क्वाटर फाइनलमा भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै डिफेन्डिङ च्याम्पियन चिलीले मेक्सिकोको सामना गर्नेछ । आयोजक अमेरिकाले इक्वेडरको सामना गर्ने छ भने कोलम्बिया र पेरु भिड्नेछ । क्वाटर फाइनल चरणका खेलहरु पर्सी शुक्रबारबाट सुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी