डोटी, असार १।
डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा दीपायल सिलगढी नगरपालिका–३ थाप्लाकी ३८ वर्षकी धना मलासी रहेकी छिन् ।
मलासीको घाँटी, नाक र बाँया खुट्टामा चोट लागेको जिल्ला प्रहरी डोटीका डिएसपी उद्धवदेव भट्टले बताउनुभयो ।
गएराति घाँस काटेर घर फर्किँदै गर्दा थाप्ला नजिकै उनलाई भालुले आक्रमण गरेको हो ।
जिल्ला अस्पतालमा प्रारम्भीकर उपचार गरेर उहाँलाई थप उपचारका लागि कैलाली पठाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline