डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिका फुटबलको क्वाटर फाइनलमा

डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिका फुटबलको क्वाटर फाइनलमा

  • बुधबार, असार १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी असार १ ।
कोपा अमेरिकी फुटबल प्रतियोतिा अन्तरगत आज विहान भएको खेलमा डिफेन्डिङ च्याम्पियन चिली विजयी भएको छ । यस सँगै चिली प्रतियोगितामा क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा चिलीले पानामालाई ४–२ को गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

फिलाडेल्फियामा भएको खेलमा पानामाले खेलको पाँचौ मिनेटमा मिग्युइल कामारगोले गोल गर्दै सुरुवाती अग्रता लिए पनि जीत सुनिश्चित गर्न भने सकेन ।

चिलीका लागि खेलको १५ औ मिनेटमा भारगासले गोल गर्दै टोलीलाई १–१को बराबरीमा ल्याएका थिए । खेलको ४३ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ ले अगाडि बढाए ।

त्यस्तै खेलको ५० औ मिनेटमा चिलीका अर्का खेलाडि सान्चेजले एक गोल गर्दै टोली लाई ३–१ले अग्रता दिलाए । खेलको ७५ औ मिनेटमा पानमाका खेलाडि अब्डेलले एक गोल गर्दै चिलीको अग्रतालाई ३–२ मा झारे ।

खेलको ८९ औ मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई४ –२ ले विजयी गराए । यस सँगै चिली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी