मोटरसाईकलको पाङग्रामा सल बेरिँदा एक जनाको मृत्यु

मोटरसाईकलको पाङग्रामा सल बेरिँदा एक जनाको मृत्यु

  • बुधबार, असार १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

गुल्मी, असार १।

गुल्मीमा गएराति मोटरसाइकलको पाङग्रामा ओडेको सल बेरिँदा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मी वाग्ला–२ की २७ वर्षीय कोपिला गिरीको रहेकी प्रहरीले जनाएको छ । लु ४ प ७८२६ नम्वरको मोटरसाईकलमा यात्रा गरिरहेका बेला कोपिलाले ओडेको सल मोटरसाईकलको चेनमा बेरिदा सो दुर्घटना भएको हो ।

मृतक गिरीलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताउनुभयो ।

मोटरसाईकल चलाउने सुर्यबहादुर दर्जिलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ