काठमाडौ १ असार ।
लोक सेवा आयोगले आज आफ्नो ६६ औं वार्षिक उत्सव मनाउदैछ । वार्षिक उत्सवका अवसरमा आयोगले आज राजधानीको अनामनगरस्थित कार्यलयमा विषेश समारोहको आयोजना गरेको छ ।
समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा अोलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आयोगलाई सरकारी सेवा प्रवेशको माध्यमका रुपमा लिएको छ ।
संविधानले आयोगलाई निजामती सेवा बाहेक सुरक्षा निकाय र संगठित संस्थाका लागि आवश्यक पर्ने कर्मचारीका लागि लिखित परीक्षा सन्चालन गर्ने जिम्मेवारी समेत दिएको छ ।
जिम्मेवारी थपिएसँगै आयोग पुनरसंगठनको कार्य भइरहेको आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिनुभयो । पछिल्लो समय आयोगले परिक्षण विधिलाई थप वैज्ञानिक बनाउन एसिसमेन्ट सेन्टर प्रणाली लागु गर्ने तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline