एजेन्सी असार १ ।
फान्समा जारी युरो कपमा गएराति सम्पन्न खेलमा पोर्चुगल र आइसल्याण्ड बराबरिमा रोकीएका छन् । पोर्चुगल प्रंतियोगितामा नवप्रवेशी आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको हो ।
समूह एफ अन्तर्गत रहेको पोर्चुगलले सुरुवाति अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।
३१ औं मिनेटमा नानीले गोल गर्दै पोर्चुगललाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा पोर्चुगल १–० ले अघि रहेको भए पनि दोस्रो हाफको पाँचौं मिनेटमा आइसल्याण्डका किर्किर बजार्नासनले बराबरी गोल फर्काए ।
त्यस्तै प्रतियोगिता अन्तरगत आज राति तीन खेल हुदैछन् । साझँ पौने सात बजे रसिया विरुद्ध स्लोभाकिया मैदान उत्रनेछ ।
रोमानिया र स्विट्जरल्याण्ड बिच राति पौने १० बजे प्रतिस्पर्धा हुदैछ । यस्तै पौने एक बजे हुने खेलमा फ्रान्स विरुद्ध अल्बानिया मैदान उत्रदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline