नयाँशक्ति नेपालको भेला सम्पन्न ,एक बर्षभित्र महाधिवेशन गर्ने

 नयाँशक्ति नेपालको भेला सम्पन्न ,एक बर्षभित्र महाधिवेशन गर्ने

  • मङ्लबार, जेष्ठ ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौ ३२ जेठ ।
नयाँ शक्ति नेपालको राजधानीमा जारी पार्टी स्थापना भेलाले विभिन्न तीन ओटा प्रतिवेदनमाथि छलफलसहित पारित गरेको छ ।

प्रतिवेदनमाथि विभिन्न १२ ओटा समुहका तर्फबाट टोली नेताले धारणा राखेसंगै तीनओटै प्रतिवेदन पारित भएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । छलफलले १ बर्षभित्र पार्र्टिको महाधिवेशन गर्ने निर्णय गरेको समेत उहाँले जानकारी गराउनुभयो । यस्तै हालका जिल्ला, क्षेत्रगत समितीहरुलाई महाधिवेशन आयोजक समितीमा मिलाईएको देवकोटाको भनाई छ ।

यस्तै आगामी २५ वर्षभित्र समृद्ध मुलुक निर्माणको महत्वकांक्षी योजना सहित राष्ट्रिय भेलाले पारित गरेको प्रतिवेदन जनस्तरमा छलफलका लागि पठाइने निर्णय गरिएको देवकोटाले बताउनु भयो ।

यसअघि हिजो पार्टी संयोजक बाबुराम भट्टाराइको राजनितिक प्रतिवेदन, नेता देवेन्द्र पौडेलको संगठन विभाग तथा रामेश्वर खनालको आर्थिक सम्वृद्धिको खाका समेटिएको प्रतिवेदन पेश भएका थिए ।

प्रतिवेदन पारित भएसंगै आजै साँझ पार्टिका संयोजक डा. बाबुराम भटटराईले भेलाको समापन गर्दैहुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ