आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

  • मङ्लबार, जेष्ठ ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ, ३२ जेठ ।
आज विश्व रक्तदाता दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाईंदैछ । मानव जीवन बचाउने रक्तदाताहरुको सम्मानमा हरेक बर्ष दिन यो दिवस मनाउने गरिन्छ ।

दिवसको नारा हरेक रक्तदाता नायक हो भन्ने तय गरिएको छ । सन् २००४ देखि विश्व स्वास्थ्य संगठनको आह्वानमा यो दिवस मनाउन थालिएको हो । मानव रगत समूह पत्ता लगाउने बैज्ञानिक कार्ल ल्याण्डस्टिनर को जन्म दिन जुन १४ लाई हरेक वर्ष विश्व रक्तदाता दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा रक्तदान र रक्तसन्चार क्षेत्रमा संलग्न विभिन्न संघ संस्थाहरुले अन्तरक्रिया र्याली लगायतका सचेतनामुलक कार्यक्रम गर्दैछन् ।

पछिल्लो समय नेपालमा पनि रक्तदाताहरुको संख्या बढ्दै गएको तथ्यांक छ । १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयुक्त हुने चिकित्सकहरुले बताएका छन् ।

स्वस्थ पुरुषले तीन महिनाको फरकमा वर्षको ४ पटक रक्तदान गर्न सक्छन भने स्वस्थ महिलाले ४ महिनाको फरकमा बर्षको तीन पटक रक्तदान गर्न सक्ने चिकित्सकको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ