काठमान्डौ जेठ ३२।
ओपीसी सिमेन्ट उत्पादक मारुती सिमेन्टले ‘आर्ट इन द पार्क’ चित्रकला प्रतियोगिताको आयोजना गरेको छ ।काठमान्डौ , भक्तपुर , ललितपुरका विभिन्न ६० स्कुलबाट कक्षा ४ देखि कक्षा १० सम्मका १ सय ८० भन्दा बढी विद्यार्थी बिच सो प्रतियोगिता सञ्चालन सञ्चालन गरिएको थियो ।
प्रतियोगितालाई तिन भागमा विभाजन गरी प्रत्येक समूहका प्रथम र दोस्रो गरी ६ विजेता र उपविजेता घोषणा गरिएको जनाएको छ ।
विजेतालाई भाट भटेनी सुपर मार्केटको सपिङ भौचर ब्रान्डेड घडि र अन्य उपहार प्रदान गरिएको छ । कार्यक्रममा विभिन्न बाल साँस्कृतिक कार्यक्रम , फेस पेन्टिङ, जादु सो र रमाइला खेलहरु समेत समावेश गरिएका थिए ।
विद्यार्थीकोे हौसला बढाई प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीका ब्रान्ड म्यानेजर राज श्रेष्ठले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline