ताप्लेजुङ, जेठ ३२।
ताप्लेजुङमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ताप्लेजुङ नगरपालिका–८ की सीता तामाङका तीन वर्षका छोरा अमृत तामाङ र चार वर्षकी छोरी अंसु तामाङ रहेका छन् ।
उनीहरुको घरमा सुतिरहेको अवस्थामा पहिरोले पुरेर मृत्यु भएको हो ।
गएराति देखिको वर्षाका कारण घर माथिको ढिस्को खसेर घर पुर्दा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले बताउनुभयो ।
२९ बर्षकी सीता तामाङ र उनीकी जेठी छोरी अस्मीको भने गाउँलेहरुले उद्धार गरेका छन् । उनीहरुको अहिले ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline