युरो कपमा इटाली र स्पेन विजयी

युरो कपमा इटाली र स्पेन विजयी

  • मङ्लबार, जेष्ठ ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी जेठ ३२ ।
फान्समा जारी युरो कपमा गएराति भएको खेलमा स्पेन र इटाली विजयी भएको छ । समूह डी अन्तरगत गएराति भएको खेलमा स्पेनले चेक रिपब्लीकनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८७ औँ मिनेटमा आन्द्रे इनिष्टाको क्रसमा पिकेले हेड मार्फत गोल गर्दै स्पेनलाई जित दिलाएका हुन् ।

त्यस्तै गएराति नै भएको अर्काे खेलमा रिपब्लीक अफ आयरल्याण्ड र स्विेडन एकएको बराबरीमा रोकिएका छन् । समूह इ अन्तरगत भएको खेलमा रिपब्लीकले सुरुवाती अग्रता लिए पनि क्लार्कले गरेका आत्मघाती गोलका कारण अंक बाड्न बाध्य भए ।

खेलको ४८ औ मिनेटमा वेस हुलाहानले गोल गर्दै आयरल्याण्डलाई सुरुवाती अग्रता दिलाए । खेलको ७१ औं मिनेटमा आयरल्याण्डका किरण क्लार्कले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा रोकिएको हो ।

त्यस्तै गएराति नै सम्पन्न अर्काे खेलमा इटाली विजयी भएको छ । समूह ई अन्तरगत भएको खेलमा इटालीद्धारा बेल्जीयम २–० गोल अन्तरले पराजित भएको हो ।

खेलको ३२ औ मिनेटमा इम्यानुएलले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा गा्रजियानोले थप एक गोल गर्दै इटालीलाई विजयी गराए ।
त्यस्तै प्रतियोगिता अन्तरगत आज दुइ खेल हुदै छ । साँझ पौने १० बजे अष्ट्रिया र हंगेरी मैदान उत्रदै छन् । त्यस्तै राति पौने एक बजे पोर्चुगल र आइसल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी