प्रहरीद्धारा एटिएमबाट पैसा चोरेको आरोपमा दुई पक्राउ

प्रहरीद्धारा एटिएमबाट पैसा चोरेको आरोपमा दुई पक्राउ

  • सोमवार, जेष्ठ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, ३१ जेठ  ।

उपत्यकाका विभिन्न एटिएम मेसिनबाट पैसा चोरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप रामपुर–४ घर भई ललितपुर ग्वार्को बस्ने रुपेश श्रेष्ठ र तेज बहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रहेको राष्ट्रिय वाणिज्य बैंकको एटिएमसहित विभिन्न एटिमबाट पैसा चोरेको प्रहरीले बताएको छ ।
उपत्यकाको महत्वपूर्ण स्थानमा हुने गरेका चोरी घटनाको अनुसन्धान गर्ने क्रममा विमानस्थल अप्रेशन बिल्डिङमा रहेको बाणिज्य बैंक शाखा कार्यालयको एटिएम बक्समाथिको भेन्टिलेशनबाट फलामको रड निकालेर पैसा चोर्ने गरेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

उनीहरुले अहिलेसम्म एटिमबाट कति पैसा चोरे भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनीहरुलाई चोरी गर्न प्रयोग गरेको फलामको रडसहित काठमाडौं बानेश्वरबाट पक्रेको र थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ