काठमाडौं, ३१ जेठ ।
दोश्रो एनप्याब्सन कप अन्तर बिद्यालय टेबलटेनिस प्रतियोगिता भोलीदेखि सुरु हुने भएको छ ।
लैनचौरस्थित टेबल टेनिस हालमा जेठ ३२ गतेदेखि असार ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ सय विद्यार्थीले ११ इभेन्टमा प्रतिस्पर्धा गर्ने आयोजक काठमाडौं एनप्याब्सनका सचिव बिष्णु पराजुलीले जानकारी दिएका छन् ।
प्रतियोगितामा यू–१२ छात्र–छात्रा, यू–१४ छात्र–छात्रा,यू–१६ छात्र–छात्रा,डबल्समा छात्र–छात्रा, मिक्स डबल र छात्र–छात्रा टिम इभेन्ट समावेश गरिएको छ ।
प्रतियोगितामा ५० बिद्यालयको सहभागिता रहने आयोजकले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline