काठमाडौ ३१ जेठ ।
कोपा अमेरिकी फुटबल अन्तरगत आज बिहान सम्पन्न खेलमा इक्वेडरद्धारा हैटी पराजित भएको छ । समुह सी अन्तरगत आज बिहान सम्पन्न खेलमा हैटीलाई ४–० गोलले पराजित गर्दै इक्वेडर क्वाटर फाइनल प्रवेश गरेको हो ।
खेलको पूरै अवाधिमा इक्वेडरले हाइटीलाई दवावमा राखेको थियो । इक्वेडरले खेलको ११ औं मिनेटमा इनर भ्यालेन्सियाको गोलबाट अग्रता लिएको थियो ।
२९ औं मिनेटमा जेइमी आयोभीले गोल गर्दै इक्वेडरको अग्रता दोब्बर पारे । त्यसपछि क्रिष्टियन नोयोबाले ५७ औं र एन्टिोनियो भ्यालेन्सियाले ७८ औं मिनेटमा गोल गरेपछि इक्वेडर समग्रमा ४–० ले विजयी भयो ।
जितसँगै ईक्वेडरले समूहका तीन खेलबाट ५ अंक जोड्दै क्वाटरफाईनल प्रवेशको सम्भावना बलियो पारेको छ । प्रतियोगिता अन्तरगत आजै सम्पन्न समुहको दोस्रो खेलमा ब्राजिल पेरुसँग १–० ले पराजित भएको छ ।
पेरुका लागि खेलको ७५ औं मिनेटमा राहुल रुइडिएजले गरेको विवादस्पद गोल नै निर्णयक बान्यो । ब्राजिलका खेलाडीले ‘ह्याण्ड बल’ भन्दै गोल नभएको दाबी गरे पनि रेफ्रीले गोल दिएपछि पेरुले अग्रता लिएको हो ।
अन्तिमसम्म दुबै टोलीबाट थप गोल हुन सकेन । जसका कारण ब्राजिललाई पराजित गर्दै पेरु प्रतियोगिातको क्वाटरफाइनल प्रवेश गरेको छ । हारसँगै ब्राजिल भने समुह चरणबाटै बाहिरिएको छ ।