महोत्तरी, जेठ ३१।
महोत्तरीको बर्दिबासमा सर्पले टोक्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास–२ का ७० वर्षका नन्दीकिशोर न्यौपाने रहेका छन् । उनको गोवन सर्पले टोक्दा मृत्यु भएको हो ।
उनलाई आइतबार विहान आफ्नै करेसाबारीमा सर्पले टोकेपछि उपचारको लागि बर्दिबास गौरीडाँडाको सर्प दंशउपचार केन्द्रमा लगिएको थियो ।
उनलाई १३ भाइल एन्टी स्नेक भेनम दिइए पनि भ्याक्सिनले स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline