चितवनमा एनसेलको टावरमा आगजनी

चितवनमा एनसेलको टावरमा आगजनी

  • सोमवार, जेष्ठ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ ३१ जेठ ।
चितवनको भरतपूरस्थित एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेका छन । गएराति कबिर साढे १० बजेतिर मोटरसाइकलमा आएका दुई जनाले टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

भरतपुर उपमहानगर–६ शान्ति चोकमा रहेको उक्त टावरमा उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगजनीबाट टारवमा क्षति पुगेको र बिस्तृत विवरण सङ्कलन कार्य भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले जानकारी दिएपछि तत्काल वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो

आगजनी गर्ने समूहको पहिचान नभएको र उनीहरुको खोजी कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ