युरोकपमा पोल्याण्ड र जर्मनीको विजयी सुरुवात

युरोकपमा पोल्याण्ड र जर्मनीको विजयी सुरुवात

  • सोमवार, जेष्ठ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

एजेन्सी, जेठ ३१
फान्समा जारी युरोकपमा गएराति भएको खेलमा पोल्याण्डले नर्दन आयरल्याण्डलाई १ –० पराजित गरेको छ ।

फ्रान्सको नाइसमा भएको समूह सी अन्तर्गतको खेलमा पोल्याण्डले डेब्युटिम नर्दन आयरल्याण्डलाई १–० ले हराएको हो। पोल्याण्डको जितमा खेलको ५१ औ मिनेटमा अर्काण्डेज मिल्कले गरेको गोल नै निर्णयक बन्यो ।

त्यस्तै आज विहान भएको खेलमा जर्मनी विजयी भएको छ । जर्मनीले युक्रेनलाई २ – ० को गोल अन्तरले हराएको हो ।

जर्मनीको लागि खेलको १९ औ मिनेटमा मुस्ताफिले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । इन्जुरी समयमा स्वान्सटाइगरले गोल थपे पछि जर्मनी २–० को जीत निकाल्न सफल भयो ।

यस्तै प्रतियोगिता अन्तर्गत आज तीन खेल हुदै छ । साझँ पौने सात बजे हुने खेलमा स्पेन विरुद्ध चेक गणतन्त्र मैदान उत्रदैछन् भने आयरल्याण्ड विरुद्ध स्विडेन राति पौने १० बजे मैदान उत्रदैछन् । प्रतियोगितामा राति पौने १ बजे बेल्जियम र इटाली विच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी