कुनै ‘प्रेस्क्रिप्सन’ लिन भारत गएको होईन ,भ्रमण फलदायी : थापा

कुनै ‘प्रेस्क्रिप्सन’ लिन भारत गएको होईन ,भ्रमण फलदायी : थापा

  • आइतवार, जेष्ठ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ ,३० जेठ ।

उप्रप्रधान तथा परारष्ट्रमन्त्री कमल थापाले दुई देशबीच पछिल्लो समय देखिएको असमझदारी हटाउन आफ्नो भारत भ्रमण फदायी भएको दाबी गर्नुभएको छ ।

दिल्लीमा सम्पन्न दक्षिण एसियाली विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी भई स्वदेश फर्कने क्रममा विमानस्थलमा पत्रकारसँगको कुराकानीमा परराष्ट्रमन्त्री थापाले आफ्नो भ्रमण अत्यन्त फलदायी र सफल भएको बताउनु भयो ।

उहाले भ्रमणका क्रममा दुई देशका प्रबुद्ध समुहको बैठक अगस्टको मध्यतिर राख्ने सहमती भएको जानकारी दिदै थापाले आगामी महिनाभित्र भारत र नेपालबीच एकदर्जनबढी दुईपक्षीय बैठक हुने बताउनु भयो ।

परराष्ट्रमन्त्री थापाले भारतमा भएको राजनितिक भेटवार्तामा राष्ट्रपति बिद्यादेवि भण्डारीको भ्रमण रद्ध भएकोमा भारतीय पक्षले चित दुखाएको बताउनु भयो ।

जवाफमा आफुले नेपालको आन्तरिक राजनीति जटिल भएको र राष्ट्रपतिको उपस्थिति देशमा नै आवश्यक भएकाले भ्रमण स्थगित गरेको बताएको जानकारी गराउनु भयो ।

नेपाल र भारतका राष्ट्रप्रमुखले एकअर्को देशमा उपयुक्त समय मिलाएर भ्रमण गर्ने सहमझदारी भएको उहाको भनाइ थियो ।

संबिधान कार्यान्वयनको बारेमा भारतीय धारणा कस्तो पाउनुभयो भन्ने जिज्ञासामा थापाले आफू कुनै ‘प्रेस्क्रिप्सन’ लिन भारत नगएको बताउनु भयो ।
थापाले भन्नुभयो , ‘म कुनै ‘प्रेस्क्रिप्सन’ लिन गएको होइन । कहिँबाट ‘प्रेस्क्रिप्सन’ ल्याएर नेपालको आन्तरिम समस्या समाधान गर्ने मानसिकता त्याग्नुपर्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ