भक्तपुर, ३० जेठ ।
नेकपा माओबादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीले राष्ट्रिय सरकारको गृहकार्य सुरु गरेको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकारमा बोल्दै भुसालले माओबादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार निर्माणमा लागि बिभिन्न दलहरुसँग छलफल सुरु गरिरहेको बताउनु भयो ।
मधेश आन्दोलनका जायज मागलाई सम्बोधन गरि उनीहरुलाई समेत राष्ट्रिय सरकारमा सामेल गर्न माओबादी केन्द्र सक्षम रहने समेत धारणा राख्दै उहाले त्यसका लागी छिट्टै पहल सुरु गरिने धारणा राख्नुभयो ।
नेपालमा प्रत्यक्षरुपमा बिदेशी हस्तक्षेप रहेको कुरा कसैले लुकाएर नलुक्ने भन्दै उहाले सुगौली सन्धी, राजनीतिक, आर्थिक, जलस्रोत, सिमादेखि बिभिन्न क्षेत्रमा हस्तक्षेप भएको हस्तक्षेपले पुष्ठी गरेको बताउनु भयो ।
बिभिन्न देशहरुको हस्तक्षेपका अघि नेपालले नयाँ उपनिबेशको सामना गरिरहेको भुषालको भनाई छ । चीन तर्फका नाका बिस्तारका लागि नेपाल सरकार प्रधानमन्त्रीले सम्झौता गरिसकेको र त्यसलाई पूर्णता दिन नेपाल अग्रसर बन्नु पर्ने उहाँको टिप्पणी छ ।