असार १ गतेदेखि २५ दिनको लागि कोरला नाका खुल्दै

असार १ गतेदेखि २५ दिनको लागि कोरला नाका खुल्दै

  • आइतवार, जेष्ठ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमान्डौ, जेष्ठ ३० ।
असार १ गतेदेखि उत्तरतर्फको कोरला नाका २५ दिनका लागि खुल्ने भएको छ । नेपाल र चीनबीच भएको सहमति अनुसार सो नाका खुल्ने भएको हो ।सो नाकामा असार १ गतेदेखि व्यापार मेला हुँदैछ । मेलामा नेपाल र चीन दुवैतर्फका व्यापारीहरु आउनेछन् ।

चीनले नेपालसँग  नाकाबाट दीर्घकालिन व्यापार गर्न मेलालाई प्रयोगात्मकरुपमा लिएको छ । चीनतर्फको ढुंवासेन बजार पुगेर व्यापार गर्न आउने नेपाली नागरिकले भिषा लिनुपर्ने छैन भने ढुंवासेन बजार भन्दा उता नेपालीलाई जान निषेध गरेको छ ।

नाका खुल्ने भएपछि नेपाली सुरक्षा अधिकारीहरु सीमातर्फ जान थालेका छन् । सिमानामा सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए ।

हिउँ नपर्ने मौसम भएकाले अहिले नाका खुलाउन लागिएको हो । नेपालीले सामान किन्नका लागि कोरला मूल गेटको सिमानाबाट २ किमी चीनतर्फको स्थानमा जानुपर्नेछ ।

चीनतर्फका ब्यापारीले नेपालीलाई किनमेलका लागि पायक हुने गरी सिमानानजिकै सामान ल्याएर राखेका छन् । चीनविरुद्ध गतिविधि बढेको भन्दै १० वष अघि चीनले यो सीमा क्षेत्रमा तारबार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ