ताप्लेजुङको एनसेल टावरमाथी विप्लव माओवादीको आक्रमण ।

ताप्लेजुङको एनसेल टावरमाथी विप्लव माओवादीको आक्रमण ।

  • आइतवार, जेष्ठ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

ताप्लेजुङ,३० जेष्ठ /आलोक माबोहाङ लिम्बु ।
taplejung 1ताप्लेजुङको हाङपाङमा अवस्थित मोबाईल सेवा प्रदायक एनसेलको टावरमा नेकपा माओवादीले पेट्रोल बम आक्रमण गरी क्षति पु¥याएको छ ।

एनसेलले सर्बसाधरणलाई बिभिन्न बाहानामा ठगी गरिरहेको र कर तिर्न आनाकानी गरेको र पुरै कर राज्यलाई नबुझाएकोले आक्रमणको चेतावनी दिदै आएको थियो ।

एनसेल ताप्लेजुङका लागि प्राविधिक बसन्त निरौलाले आक्रमण भएको नभएको जानकारी आफुलाई नआएकोे तर हाङपाङ साईटको सेवा जाँच गर्दा डाउन देखाएको बताए । एनसेलको देशभर रहेको टावर र सेवाकेन्द्रमा आक्रमण भएको समाचार आएको हुनाले आक्रमण नेकपा माओवादीले गरेको हुनसक्ने बताईएको छ ।

आक्रमणबाट कति क्षति भयो भन्ने अहिलेसम्म थाहा भएको छैन । तर टावरमा आवश्यक सामाग्रीहरू पूर्ण रुपले जलेर नष्ट भएको छ । २ जीको टावर मात्र भएको हुनाले, १ करोड बढीको क्षति हुने र ३ जी भएको भए चाहिँ ३ करोड बढी क्षति हुन्छ ताप्लेजुङको लागि एनसेल प्राविधिक बसन्त निरौलाले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ