काठमाडौ, ३० जेठ ।
आज विश्व बालश्रम बिरुद्धको दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । बालश्रम विरुद्ध सामाजिक सचेतना जगाउने उद्धेश्यले हरेक वर्ष जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
दिवसको यस वर्षको नारा उत्पादन तथा आपुर्ति शृंखलामा बालश्रमको अन्त्य गरौ भन्ने तय गरिएको छ । दिवसका अवसरमा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुले विविध कार्यको आयोजना गरेका छन् ।
नेपालमा ५ देखि १७ बर्ष उमेर समुहका बालबालिकाको संख्या ७७ लाख ७० हजार रहेकोमा त्यसमध्ये ३१ लाख ४० हजार बालबालिका रोजगारीमा संलग्न रहेको सरकारी सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।
जस मध्ये १८ लाख बालबालिकाहरु नियमित श्रम गर्ने गर्दछन् भने साढे ६ लाख बालबालिका निकृष्ट श्रममा रहेको सरकारी तथ्याङकमा उल्लेख गरिएको छ ।
नेपालले बालश्रम निवारणका लागि महासन्धिमा हस्ताक्षर गरेको २५ आँै बर्ष भएपनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको बालअधिकारकर्मीको बुझाइ छ ।