नारायणगढ–मुग्लिन सडक अवरुद्ध, सडकमा संयुक्त सुरक्षा फोर्स परिचालन गरिने

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, सडकमा संयुक्त सुरक्षा फोर्स परिचालन गरिने

  • आइतवार, जेष्ठ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

sadakचितवन, जेठ ३० ।

नारायणगढ–मुग्लिन सडकखण्डमा ठाउँठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध बनेको छ । सडक खण्डको जलवीरेदेखि कालीखोला सम्मको भागमा पहिरो खसे पछि बिहान ४ः३० बजेबाट पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।

जलवीरेदेखि कालीखोलासम्मको पाँच किलोमिटर भागमा सात ठाउँमा पहिरो खसेको सो सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिनु भयो ।

जसमध्ये जलवीरेमा ठूलो पहिरो खसेको खनालले बताए । पहिरोका कारण सडकको दुवैतर्फ गाडीको लाम लागेको छ ।

यस्तै दैनिकजसो जामहुने मुग्लिन नारायणगढ सडकमा संयुक्त सुरक्षा फोर्स परिचालन हुने भएको छ ।

लामो समयदेखि जारी सडक विस्तारका कारण अबरोध र बाढी पहिरोको जोखिम बढेकाले सडमा हुने अवरोध हटाउन सुरक्षा फोर्स परिचालन गर्न लागेको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले बताउनु भयो ।

जनपद प्रहरी र सशस्त्र सीमा सुरक्षा बल आँपटारीको संयुक्त सुरक्षा फोर्स परिचालन गरी अबरोध हटाउने कार्य सुरु हुन लागेको जिल्ला सुरक्षा समिति चितवनले जनाएको छ ।

आगामी २ महिनासम्म सो क्षेत्रमा रहने संयुक्त सुरक्षा फोर्समा जनपद प्रहरीका ११ जना र सशस्त्रका १३ जना प्रहरीहरु खटिने प्रहरी उपरीक्षक कँवरले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ