रुपन्देही जेठ ३०
बुटवलको तिनाउँ नदीमा पौडी खेल्न गएका एक युवा डुबेर बेपत्ता भएका छन् । बेपत्ताा हुनेमा पाल्पाका कसेनी–५ का १६ वर्षका तारासिंह राना रहेका छन् ।
उनलाई पौडी खेल्ने क्रममा खोलाले बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
रानासँगै पौडी खेल्न गएका उनका दाइ १९ वर्षका मोहनसिंह रानालाई भने सँगै रहेका उनका भिनाजु चुराबहादुर गाहाले उद्धार गरेका छन् ।
हिजो दिउसो देखि बेपत्ता भएका ताराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline