एजेन्सी, जेठ ३०
फ्रान्समा जारी युरो कप फुटबलमा स्विजरल्याण्ड र वेल्सले बिजयी सुरुवात गरेका छन् ।
गएराति सम्पन्न खेलमा स्वीजरल्याण्डले अल्बानीयालाई तथा वेल्सले स्लोभाकीयालाई पराजित गरेका हुन् ।
फाबियस साईरको शक्तिशाली हेड गोलमा स्वीजरल्याण्डले अल्बानियालाई १ – ० गोल अन्तरले पराजित गरेको हो । खेलको दुई मिनेटमा नै सेर्डन सकिरीको कर्नरमा साईरले हेडबाट गोल गरेका हुन् ।
यस्तै राति नै भएको अर्को खेलमा वेल्सले स्लोभाकीयालाई २ – १ गोल अन्तरले पराजित भएको छ । वेल्सका लागी खेलको १० औ मिनेटमा ग्यारेथ बेल र ८१ औ मिनेटमा रोप्सन कानुले गोल गरेका थिए ।
स्लोभाकियाका खेलाडि अन्डेज डुडाले ६१ औ मिनेटमा गोल फर्काएपनि त्यो जितका लागी पर्याप्त बनेन ।
यस्तै आज बिहान भएको अर्को खेलमा ईङल्याण्ड र रसिय एक एकको बराबरीमा रोकिएका छन् । ईङल्याण्का खेलाडि एरिक डिएरले ७३ औ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएपनि त्यसालाई जोगाउ नसक्दा अंक बाड्न बाध्य भायो ।
खेलको अतिरिक्त समय ९२ औ मिनेटमा भेस्लीले गोल फर्काएका थिए ।